काठमाडौ, फागुन ६
अजोड इन्स्योरेन्स कम्पनीले बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले शुव्रmबार आफ्नो चौंथो बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
कम्पनीले चालु आ.व. २०७८–०७९ को पुष मसान्त सम्म बीमा व्यवसाय अभिबृद्घिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालय लगायत सात वटा प्रादेशिक कार्यालय, २७ वटा शाखा, २४ वटा उपशाखा कार्यालयहरु, १० बीमा एक्टेन्सन काउण्टर र तीन वटा तेश्रो पक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दे आइरहेको छ । थप दुई शाखा ठमेल काठमाण्डौ, टोखा काठमाण्डौ र एउटा उपशाखा बाग्लुङ्गमा कार्यालय खोल्न बीमा समितिबाट स्वीकृति प्रदान गरिएको छ । हाल विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस तथा सोको कारणबाट भएको असरले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनीले आ.व. २०७७–०७८ मा कुल बीमा शुल्क एक अर्ब ३१ करोड रुपैयाँ आर्जन गरेको, खुद नाफा १० करोड लाख रुपैयाँ रहेको र बीमा कोषमा ११ करोड २१ लाख रुपैयाँ संचित रहेको र अघिल्लो वर्षको तुलनामा कुल बीम ाशुल्क संकलनमा ४८ दसमलव ९८ प्रतिसत, खुद नाफामा ६० दसमलव ३३ प्रतिसत एवं बीमाकोषमा ७९ दसमलव ८२ प्रतिसतले वृद्धि हासिल गर्न सफल जानकारी दिएको छ ।
कम्पनीले चौथो वार्षिक साधारण सभा मार्फत संचालक समितिको तर्फवाट अध्यक्षे प्रस्तुत आ.व. २०७७–०७८ को चौथो वार्षिक प्रतिवेदन उपर छलफल गरि सो लाई पारित गरेको छ । यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको आ.व. २०७७–०७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरि सो समेत पारित गरेको छ । कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आ.व.२०७८–०७९ को बाह्य लेखापरीक्षण गर्न लेखापरिक्षकमा मदन निरौला एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय समेत सोही बार्षिक साधारण सभाले पारित गरेको छ ।