काठमाडौं ६ फागुन
सरकारले नेपाल वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेश्वर भट्टराईलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ। विहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
त्यस्तै सरकारले प्रवक्ता कार्कीले नवीकरणीय ऊर्जा अनुदान नीति २०७८ स्वीकृत गर्ने, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची १ हेरफेर गर्ने पनि निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ११ निर्णय गरेको वताए ।
उनले राष्ट्रिय बीमा संस्थान सञ्चालक समितिको अध्यक्ष गंगाराम कँडेलको राजीनामा स्वीकृत गर्ने निर्णय भएको पनि बताए।
हेर्नुस् अन्य निर्णय यस्ता छन् ।