neapl investment mega bank
  • गृहपृष्ठ
  • ४३७ जनामा संक्रमण, २ हजार ४५४ जनालाई निको

४३७ जनामा संक्रमण, २ हजार ४५४ जनालाई निको

Feb 18th, 2022

काठमाडौँ ६ फागुन

नेपालमा पछिल्लो २४ घण्टामा ४३७ जनामा कोरोना संक्रमण देखिएको छ । ९ हजार ९१ जनाको स्वास्थ्य परीक्षण गर्दा ४३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


सोही अवधिमा २ हजार ४५४ जनाले कोरोनालाई जितेका छन् । त्यस्तै आज थप २ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९१३ पुगेको छ । अहिले देशभर १४ हजार ४३५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।