काठमाडौ, फागुन ६
मञ्जुश्री फाईनान्स लिमिटेडले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १४, कलंकीमा शाखाको कारोबार शुभारम्भ गरेको छ । काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको फाईनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटी, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, टाँडी, पर्सावजार, ईनरुवा, झुम्का वजार, विराटचोक, चाबहिल र गोंगबुमा २३ वटा शाखा रहेका थिए भने अव थप १ शाखा सहित शाखा संख्या २४ रहनेछ ।
चालु आर्थिक बर्षको बर्षको पुस मसान्तसम्ममा एक अर्ब ३५ करोड रुपैयाँ चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रियस्तरको फाईनान्सले ११ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब दुई करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । फाईनान्सले विप्रेषण, मोवाइल बैकिंग र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।