neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • टोरेसको गोलमा हारबाट जोगियो बार्सिलोना

टोरेसको गोलमा हारबाट जोगियो बार्सिलोना

Feb 18th, 2022

आधारभूमि संवाददाता

काठमाडौं, फागुन ६
बार्सिलोना युरोपा लिग फुटबलको अन्तिम ३२ को पहिलो लेगमा बराबरीमा रोकिएको छ ।बिहीबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोना नापोलीसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलमा बार्सिलोनाको लागि फेरान टोरेसले एक गोल गरे भने नापोलीको लागि पिओटर जिलिन्सकीले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने नापोलीले लिएको थियो। खेलको २९ औं मिनेटमा पिओटर जिलिन्सकीले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफको ५९ औं मिनेटमा बार्सिलोनाका फेरान टोरेसले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

अब बार्सिलोना र नापोलीबीचको दोस्रो लेग फेब्रुअरी २४ मा नापोलीको घरेलु मैदानमा हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi