neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंकद्वारा कैलारी उद्योग बाणिज्य संद्यलाई फर्निचर प्रदान

महालक्ष्मी विकास बैंकद्वारा कैलारी उद्योग बाणिज्य संद्यलाई फर्निचर प्रदान

Feb 17th, 2022

काठमाडौ, फागुन ५
विगत २७ वर्ष देखि अनवरत रुपले सरल, सहज, र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दे आइरहेको महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम सञ्चालन गर्दे आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिदैं बैंकको हसुलीया शाखाले कैलारी उद्योग बाणिज्य संघको कार्यालयलाई एक विशेष कार्यक्रमकाबिच फर्निचर हस्तान्तरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो शाखाले उद्योग बाणिज्य संघको कार्यालयलाई अफिस टेबल २ थान,अफिस स्टिल दराज १ थान,सोफाकुर्सी २ थान,प्लास्टिक कुर्सी ५ थान हस्तान्तरण गरेको बैंकका शाखा इन्चार्ज जगुराम डगौराले बताए । उक्त फर्निचर सामान कैलारी गाउँपालिकाका प्रमुख लाजुराम चौधरीको प्रमुख आतिथ्यमा कैलारी उद्योग वाणिज्य संघका अध्यक्ष नेपालु चौधरीलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा कैलारी गाउँपालिका अध्यक्षले बैंकले उत्कृष्ट वित्तिय सेवाहरु प्रदान गर्दे आइरहेको र विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत स्थानियहरुको आर्थिक उत्थानमा सहयोग पु¥याइरहेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे । उक्त कार्यक्रमा स्थानियबासी, स्थानिय जनप्रतिनिधी, कर्मचारी, उद्योगी, व्यापारीहरुको उल्लेख्य सहभागीता रहेको थियो । आगामीदिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने बैकले जानकारी दिएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दे आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्ेश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्रविकास बैंक : महालक्ष्मी विकास बैंक रहेको दावी पनि बैंकले गरेको छ ।