neapl investment mega bank
  • गृहपृष्ठ
  • एमाले अध्यक्ष के पि ओली विरुद्ध अख्तियारमा उजुरी

एमाले अध्यक्ष के पि ओली विरुद्ध अख्तियारमा उजुरी

Feb 17th, 2022

काठमाडौ ५ फागुन

नेकपा एमालेका अध्यक्ष के पि ओली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियुले एमाले अध्यक्ष केपी ओली विरुद्ध आर्थिक अनियमितता गरेको भन्दै कारबाही माग सहित उजुरी दिएको हो ।

साथै योगेश भट्टराई र पद्मा आर्यालविरुद्ध अख्यिार दुरुपयोग आयोगमा आर्थिक अनियमियतताको उजुरी दिइएको छ । अनेरास्ववियुको तर्फबाट बाग्मती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरमा बिहीबार आयोगमा दिएको उजुरीमा झापास्थित गिरीबन्ध टी स्टेटको नाममा रहेको हदबन्दीभन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालीन प्रधानमन्त्री ओलीले अर्बौं मूल्य पर्ने जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गराउन सहयोग गरेर नीतिगत भ्रष्टाचार गरेको दाबी गरिएको छ ।

तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षको नाममा आर्थिक अनियमितता गरेको अनेरास्ववियुको दाबी छ ।