neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

फर्मिनो र सलाहको गोलमा लिभरपुलको जित

Feb 17th, 2022

आधारभूमि संवाददाता

काठमाडौं, फागुन ५

लिभरपुलले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम-१६ को पहिलो लेगमा सहज जित निकालेको छ ।बुधबार राति भएको खेलमा लिभरपुलले इन्टर मिलानलाई उसकै मैदानमा २-० गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन रोबर्टो फर्मिनो र मोहमद सलाहले एक-एक गोल गरे । लिभरपुलले दुबै गोल दोस्रो हाफमा गरेको हो ।

दोस्रो हाफको ७५ औं मिनेटमा फर्मिनोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८३ औं मिनेटमा सलाहले गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।

अब दोस्रो लेग ८ मार्चमा लिभरपुलको मैदान एनफिल्डमा हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi