neapl investment mega bank
  • गृहपृष्ठ
  • रुसद्वारा क्रिमिया सैन्य अभ्यास अन्त्य गरेको घोषणा

रुसद्वारा क्रिमिया सैन्य अभ्यास अन्त्य गरेको घोषणा

Feb 16th, 2022

मस्को,४ फागुन /रासस/एएफपी
युक्रेनको सिमानाबाट पहिलो पटक सेना फिर्ता गर्ने घोषणा गरेको एक दिनपछि रुसले बुधबार मस्कोमा गाभिएको क्रिमियामा सैन्य अभ्यास समाप्त भएको र सैनिकहरू फर्किएका बताएको छ ।

मस्कोको रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिका अनुसार दक्षिणी सैन्य जिल्लाका एकाइहरू, रणनीतिक अभ्यासमा आफ्नो सहभागिता पूरा गरिसकेपछि, तिनीहरूको स्थायी तैनाती बिन्दुहरूमा सर्दै छन् । सरकारी टेलिभिजनले रुस नियन्त्रित प्रायद्वीपलाई मुख्य भूमिसँग जोड्ने पुल पार गरेको सैन्य इकाइहरूको तस्बिरहरू देखाएको समाचारमा जनाइएको छ ।

तर पश्चिमी नेताहरू चिन्तित छन् कि रूसले अझै युक्रेनमा आक्रमण गर्न सक्छ, अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार मस्कोद्वारा आक्रमणको धेरै सम्भावना रहेको चेतावनी दिनु भएको छ । रुसी दाबीको बावजुद वाशिंगटन र यसका सहयोगीहरूले अझै पनि दशौं हजार सेनाहरू फिर्ता गर्ने कुरा प्रमाणित गर्न नसकेको बाइडेनले बताउनु भएको छ ।