काठमाडौ, फागुन ४
एनएमबि बैंक लिमिटेड र रेमिट हाइड्रो लि. बीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङ्गमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानीगर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जनताको जलविद्युत कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत आयोजना रेमिट हाइड्रो लि. द्घारा प्रवद्र्घित आयोजना हो । रेमिट हाइड्रो लि.को मुख्य लगानीकर्ता हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. तथा रेमिट्यान्सकर्ताहरु लगानी रहने छ । एनएमबि बैंकले समझदारी पत्रमा हस्ताक्षर पश्चात अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई समेत सामेल गराई सह—वित्तीयकरण गठन गरी अयोजनाको वित्तीय व्यवस्थापन गर्ने जानकारी दिएको छ । घुन्सा खोला जलविद्युत आयोजनाको कुल लागत १८ अर्ब २५ करोड रहने छ । एनएमबि बैंकले हालसम्म ४६ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी वातावरण तथा सामाजिक सुरक्षा व्यवस्थापन सम्वन्धी निर्देशिका २०२२ अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एशियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको छ । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागि पनि उक्त पत्रिकाबाट चार पटक नेपालकैं उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि प्राप्त गरिसकेको छ । बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दे आइरहेको छ ।