आधारभूमि संवाददता
काठमाडौ ४ फागुन
सत्तारुढ दल नेपाली कांग्रेस अमेरिकी सहयोग परियोजना एमसीसी तत्काल पारित गर्ने पक्षमा रहेपनि सत्ता साझेदार नेकपा माओवादी केन्द्रले यथास्थितिमा पास गर्न नसकिने निष्कर्ष निकालेको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको दलको बैठकले यथास्थितिमा एमसीसी पास गर्न नसकिने निर्णय गरेको हो।
साथै माओवादीले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको छ।
माओवादीका प्रमुख सचेतक देव गुरुङले एमसीसीमा रहेका असमान प्रावधानहरु संशोधन नगरी पास गर्न नसकिने जानकारी दिए।
बैठकमा सहभागी अर्का एक नेताहरुले संसदमा जारी अवरोध नहटी, राष्ट्रिय सहमति नभई र एमसीसी परिमार्जन वा संशोधन नगरी अगाडि बढाउन नसकिने धारणा राखेका थिए ।