आधारभूमि संवाददाता
काठमाडौँ ४ फागुन
प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको संसद् बैठकमा सरकारले अमेरिकी सहायता परियोजना (एमसीसी) टेबल गर्ने तयारी गरेको वताइएको छ ।
कांग्रेसको मंगलबार सम्पन्न केन्द्रीय कार्यसम्पादन बैठकले एमसीसीलाई संसदमा टेबल गर्नुपर्ने निस्कर्ष निकालेको थियो । प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले पनि सभामुखले एमसीसी रोक्न नमिल्ने बताइसकेका छन् ।
साथै सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरुले कार्यसूचीमा एमसीसी थपिने र सभामुख पनि त्यसका लागि तयार रहेको प्रतिक्रिया दिइसकेका छन्।
यता सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादीले सदनबाहिर एमसिसीको विरोध गरिरहेका छन् तर एमसिसि मा समर्थन जनाउनुपर्ने दबाबमा छन् ।
यद्यपि संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन ।