neapl investment mega bank
  • गृहपृष्ठ
  • मुक्तिनाथ विकास बैंकद्वारा बागेश्वरी मन्दिरमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

मुक्तिनाथ विकास बैंकद्वारा बागेश्वरी मन्दिरमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

Feb 15th, 2022

काठमाडौ, फागुन ३
मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दे आएको छ । सोही योजना अनुसार बैंकले नेपालगञ्ज स्थित बागेश्वरी मन्दिरगुठी व्यवस्थापन समितिलाई सि.सि.टिभी क्यामेराहरु लागि सहयोग गरेको छ ।

बैंकले बागेश्वरी मन्दिरगुठी व्यवस्थापन समिति सँगको सहकार्यमा बागेश्वरी मन्दिरमा ८ थान सि.सि.टिभी क्यामेराहरु एक कार्यक्रमबिच जडानको शुभारम्भ गरेको छ । उक्त कार्यक्रममा बैंककातर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग, मार्केटिंङ प्रमुख बसन्त बक्शी, कोहलपुर क्षेत्रीय प्रमख विजय के.सी., नेपालगञ्ज शाखाका प्रबन्दक परवीन के.सी. र अन्य कर्मचारीहरुको उपस्थिति तथा बागेश्वरी मन्दिरगुठी व्यवस्थापन समितिको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

यो सहयोगबाट मन्दिर परिसरमा आउने भक्तजनहरुको सुरक्षार मन्दिरको भौतिक संरचनाहरुको संरक्षण गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिकरुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।