neapl investment mega bank

कति होला आज सुनको भाउ ?

Feb 14th, 2022

काठमाडौँ २ फागुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । यो दिन नेपाली बजारमा सुनचाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार हुने बताइएको हो ।

महासंघले सार्वजनिक गरेको सूचनाअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँ तोकिएको छ । हिजो आइतबार सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको थियो ।