neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना अपडेटः ३ हजार ९३५ जना निको, ५२१ लाई संक्रमण

कोरोना अपडेटः ३ हजार ९३५ जना निको, ५२१ लाई संक्रमण

Feb 13th, 2022

काठमाडौ १ फागुन

पछिल्लो २४ घण्टामा नेपालमा थप ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार थप ५२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार १० हजार ११५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

६ हजार ३७ जनाको पिसिआर गर्दा ४२७ र ४०७८ जनाको एन्टिजेन परीक्षण ९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाले ज्यान गुमाएका छन्। यस्तै ३ हजार ९३५ जना निको भएका छन्।