neapl investment mega bank

ह्वात्तै बढ्यो सुनको भाउ, कति पुग्यो ?

Feb 13th, 2022

काठमाडौं १ फागुन

साताको पहिलो दिन सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार दिन सुनको मूल्य तोलामा एकै दिन एक हजार पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

शुक्रबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य आज ९५ हजार पाँच सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य ९५ हजार रुपैयाँ पुगेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ ।