neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

मौसम सफा रहने

Feb 13th, 2022

काठमाडौँ, १ फागुन /रासस

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिनसम्म मौसम सफा रहने छ ।

दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सोमबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi