neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

सिटीको जितमा स्टर्लिङ ह्याट्रिक

Feb 13th, 2022

आधारभूमि संवाददाता

काठमाडौ, फागुन १

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।शनिबार राति भएको खेलमा सिटीले नर्विच सिटीलाई ४-० गोलले पराजित गरेको हो ।

नर्विच सिटीको घरेलु मैदानमा म्यानचेस्टर सिटीलाई जित दिलाउन रहिम स्टर्लिङ ह्याट्रिक गरे भने फिल फोडेनले एक गोल गरे ।

खेलको ३१ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ४८ औं मिनेटमा फिल फोडेनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ७० औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

त्यसपछि खेलको ९० औं मिनेटमा स्टर्लिङलेले गोल गर्दै ह्याट्रिक पुरा गरे र टोलीलाई ४-० को फराकिलो जित दिलाए ।

जितसँगै म्यानचेस्टर सिटीले २५ खेलबाट ६३ अंक जोडेको छ र शीर्ष स्थानमा १२ अंकको अग्रता बनाएको छ ।पराजित नर्विच सिटीको २४ खेलबाट १७ अंक छ र १८ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi