neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ओमनले नेपाललाई जितको लागि १३६ रनको लक्ष्य दियो

ओमनले नेपाललाई जितको लागि १३६ रनको लक्ष्य दियो

Feb 11th, 2022

काठमाडौँ, २८ माघ /रासस

चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा ओमानले नेपाललाई जितको लागि १३६ रनको विजयी लक्ष्य दिएको छ ।

ओमनको अल अमेरात क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन जोड्यो । ओमानका लागि जिसन मक्सुदले अविजित ४३ रनको योगदान दिए भने मोहम्मद नदिमले ३१ रनको योगदान गरे । त्यसै जतिन्दर सिंहले १३, आयान खानले ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे ।

बलिङतर्फ नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए भने कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक/एक विकेट हात पारे । आइसिसी टि२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि नेपालले चार देश सम्मिलित टी–ट्वान्टी सिरिज खेल्न लागेको हो । नेपाल अहिले जवाफी व्याटिङमा छ ।

नेपालले पाँच ओभरको खेल सकिँदा दुई वेकेट गुमार ३० रन बनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi