neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पठाओले सुरु गर्यो, इन्स्योरेन्स हेल्प लाइन

पठाओले सुरु गर्यो, इन्स्योरेन्स हेल्प लाइन

Feb 11th, 2022

काठमाडौ, माघ २८
लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओले बिमा सम्बन्धी सबै जानकारी प्राप्त गर्न र दुर्घटना भएको खण्डमा सहायताका लागि राइडर, क्याप्टेन, फुडम्यान तथा सम्पुर्ण सेवाग्राहीलाई सेवा दिने उद्देश्यले पठाओ इन्स्योरेन्स हेल्प लाइन सुरु गरेको छ ।

हेल्पलाइनमा हप्ताको सातै दिन, चौबीसै घण्टा सेवा उपलब्ध हुने पठाओ नेपाल प्रालिको मार्केटिङ म्यानेजर एवं प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन । पठाओ इन्स्योरेन्स हेल्पलाइनमा बिमा र दुर्घटना सम्बन्धि बिषयमा कुरा गर्न ०१ ५९७००९९ मा फोन गरि एक्सटेन्सन ४ थिचे पछी बिभागिय विशेषज्ञले आवस्यक परामर्श दिनेछन ।

नेपालमै पहिलोपटक राइड सेयरिङ बिमाु सुरु गरेको पठाओले दुर्घटना उपचार बिमा एक लाख सम्म र मृत्यु वा अङ्ग भंग भएमा १० लाख सम्मको बिमा उपलब्ध गराएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi