neapl investment mega bank
  • गृहपृष्ठ
  • सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा पुर्व रुकुम जिल्लाको महतमा

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा पुर्व रुकुम जिल्लाको महतमा

Feb 11th, 2022

काठमाडौ, माघ २८
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले पुर्व रुकुम जिल्लाको भुमे गाउँपालिका,महतमा यहि माघ २३, गतेबाट ९२ ओैँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी धनबहादुर वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैकले जानकारी दिएको छ ।

यो शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यो सेवाबाट ग्रामिण क्षेत्रमा बैंकप्रति उल्लेखिय विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

बैकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९२वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दे आएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा पनि बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ । यसलाई मूर्तरुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्तहुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरुलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ सुबिधा प्राप्त गर्न सहजहोस् भनी बैंकमा बचत खाता संचालन गर्दे ग्राहकहरुलाई बैंकको मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, शेयर कारोबारको सहजीकरणका लागि डि—म्याट तथा आस्बा सेवा,कार्ड लगायतका विद्युतीय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।