काठमाडौ, माघ २७
दोल्ती पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा शेयर जारी गर्ने भएको छ । ४.५ मेगावाटको उक्त कम्पनीले स्थानीयबासी तथा सर्वसाधारणमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) साधारण शेयर सार्वजनिक निष्कासन गर्न लागेको हो ।
शेयर निष्काशनको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता भएको छ ।