neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • राणा परिवारद्वारा मीनकुमारी ट्रस्ट स्थापना

राणा परिवारद्वारा मीनकुमारी ट्रस्ट स्थापना

Feb 10th, 2022

भक्तपुर, माघ २७
भक्तपुर बालकोट निवासी मीनकुमारी राणाको स्मृतिमा उनको परिवारले एक ट्रष्ट निर्माण गरेको छ । पति कोमलबिक्रम राणा संरक्षक तथा छोराहरु कबिर राणा र रवि राणाका साथै नाति बिक्रान्त बिक्रम राणाका सञ्चालक रहने गरि ट्रष्ट स्थापना गर्ने निर्णय गरिएको छ । मीनकुमारीको निधन भएको १३ औं दिनको पुण्य तिथिका अवसरमा राणा परिवारले ट्रष्ट निर्माण गरेको जनाउँदै ट्रष्टले पत्रकारिता, खेलकूद र समाजसेवामा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई बर्षेनी पुरस्कृत गर्ने र भक्तपुरका विपन्न तथा अशक्त र जेहनदार विद्यार्थीहरुलाई छात्रबृत्तिसमेत प्रदान गर्ने निर्णय गरिएको छ ।

ट्रष्टले त्यसका लागि ३१ लाख ११ हजार १ सय ११ रुपैयाँका अक्षय कोषको स्थापना गरेको जनाएको छ । उक्त अक्षय कोषमा रहेको रकमको ब्याजबाट आउने रकम पुरस्कार तथा समाजसेवामा खर्च गरिने मीनकुमारीका छोरा एवं देशान्तर मिडिया ग्रुप प्रा।लिका कार्यकारी अध्यक्ष तथा प्रधानसम्पादक कबिर राणाले जानकारी दिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi