neapl investment mega bank

थप दुई हजार ४०१ जनामा कोरोना सङ्क्रमण

Feb 9th, 2022

काठमाडौ, माघ २५

बुधबार थप दुई हजार ४०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १६ हजार ३५६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ७० हजार ४६२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १६ हजार ३५६ जनाको परीक्षण भएको छ । हालसम्म ५३ लाख ३ हजार ५६२ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ७७७७ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ७७७७ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख २८ हजार ३६९ पुगेको छ ।

थप १४ को मृत्यु

पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८५२ पुगेको छ।