neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपाली राजदूतावास मलेसियाबाट विद्युतीय राहदानीको शुरुवात

नेपाली राजदूतावास मलेसियाबाट विद्युतीय राहदानीको शुरुवात

Feb 9th, 2022

काठमाडौ, माघ २६
नेपाली राजदूतावास, मलेशियाबाट आज बुधबार एक कार्यक्रमका बीच विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात गरेको छ । मलेसियामा दुई लाख भन्दा वढी नेपालीहरु वैदेशिक रोजगारीमा आवद्ध भएको परिप्रेक्ष्यमा निजहरुको सम्मान गर्दै वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आई लामो समयदेखि सामान्य कामदारको रुपका कार्यरत रही आफ्नो राहदानी नवीकरण गर्न आएका सेवाग्राही श्यामकुमार चौधरीज्युको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी कार्यक्रमको शुरुआत गरिएको थियो । राहदानी विभागबाट उहाँको राहदानी प्रिन्ट समेत गरेर सफलतासाथ परीक्षण गरिएको छ । दूतावासले पहिलो दिनमै ३३ जना व्यक्तिहरुको राहदानी नवीकरणको लागि लाइभ इन्रो।ल्मेण्ट गरेको छ । राजदूतावासले शुरुको एक हप्ता सीमित सेवाग्राहीलाई अनलाइन बुकिङ्गको आधारमा सेवा प्रदान गर्ने र सो पश्चात नियमित रुपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको छ । यस सम्बन्धी सूचनाहरु राजदूतावास तथा राहदानी विभागले वेभसाइट तथा फेसबुक मार्फत जानकारी गराउने छ ।

विद्युतीय राहदानी शुरुवात कार्यक्रममा नेपालबाट भर्चुअल माध्यमबाट राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले भाग लिएका थिए । त्यस्तै उक्त कार्यक्रममा नेपाली राजदूतावास मलेशियाका कार्यवाहक राजदूत मोतिबहादुर श्रीस, राजदूतावासका कर्मचारीहरु, आइडिमिया कम्पनीका कार्यक्रम निर्देशक एलिभन चाय, मलेसियामा कार्यरत गैर आवासीय नेपाली संघ लगायतका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु र सेवाग्राहीको उपस्थिति थियो। सो कार्यक्रममा कार्यवाहक राजदूत मोतिबहादुर श्रीसले सेवाग्राहीको चाँपलाई सहजरुपमा व्यवस्थापन हुनेगरी सेवा प्रवाहको स्टेशनहरुको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेकाछन ।

राहदानी विभागका महानिर्देशक अर्यालले भर्चुअल माध्यमबाट बोल्नुहुदै उपकरणहरु पुग्दासाथ विद्युतीय राहदानी जारी गर्न सफल भएकोमा नेपाली राजदूतावास परिवारलाई धन्यवाद ज्ञापन गरेकाछन । अर्यालले मलेशियामा बसोबास गर्ने नेपालीहरुलाई बधाइ दिंदै अब मलेशियाबाट अब विद्युतीय राहदानी मात्र जारी हुने र यन्त्रबाचक राहदानी जारी नहुने कुरा बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi