आधारभूमि संवाददाता
ललितपुर,माघ २६
ललितपुरको महालक्ष्मी नगरपालिकाका नेकपा एमाले महालक्ष्मी वडा नं. ७ कमिटीले आठौं जिल्ला अधिवेशनबाट सर्वसम्मतीबाट निर्वाचित हुनु भएका नेकपा एमाले ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य, उपाध्यक्ष प्रेम भक्त महर्जन, सचिव राम राउत, सहसचिव तारा सञ्जेल र सहसचिव श्याम व्यञ्जकारलाई सम्मान गरेका छन् । कार्यक्रमा नेकपा एमाले ललितपुर जिल्ला कमिटी सदस्य तथा नेकपा एमाले महालक्ष्मी वडा नं. ७ की वडा कमिटी इन्चार्ज देवीका राई, जिल्ला कमिटी सदस्य शंकर बस्नेत, नेकपा एमाले महालमी नगर कमिटी सदस्य बलराम वाग्ले र राष्ट्रिय युवासंघ महालक्ष्मी नगर कमिटी इन्चार्ज शुजित बस्नेतको उपस्थितीमा भएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष प्रेम भक्त महर्जनले वडा नं. ७ कमिटीले नेकपा एमाले जिल्ला कार्यालयमै आएर सम्मान गर्नु भएकोमा नेकपा एमाले वडा नं. ७ कमिटीका पदाधिकारीहरुको प्रशंशा गर्नुभयो । सम्मान कार्यक्रम नेकपा एमाले महालक्ष्मी वडा नं. ७ कमिटीका अध्यक्ष मुकुन्द ठकुरी, उपाध्यक्ष अनुराधा कोइराला, वडा नंं. ७ की सचिवालय सदस्य यसोदा (बस्नेत) राउत, देवी समाल, वडा नं. ७ का वडा कमिटी सदस्य तारा राई र सुष्मा राई लगायतले निर्वाचित कमरेडरुलाई सफल कार्यकाल र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए । यस अघि नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा नेकपा एमाले ललितपुर जिल्ला इन्चार्ज शुशिला नेपाल, नेकपा एमाले केन्द्रिय सदस्य हरिकृष्ण व्यञ्जनकार, बावुराम थापा, प्रदेश कमिटि सदस्य चिरञ्जीवी आचार्य, नगर कमिटी अध्यक्ष हरिगोविन्द श्रेष्ठ लाई सम्मान गरेको थियो ।