neapl investment mega bank
  • गृहपृष्ठ
  • निगमद्धारा टिव्न अट्टर बिमानको उडान परिक्षण

निगमद्धारा टिव्न अट्टर बिमानको उडान परिक्षण

Feb 9th, 2022

काठमाडौ, माघ २६
नेपाल वायुसेवा निगमले आज बुधबार निगमको टिव्न अट्टर (९ एन एबिटी) बिमानको उडान परिक्षण गरेको छ । विमानद्वारा काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट विहान ९ः०५ मिनेटमा उडी इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा विहान १०ः०२ मिनेटमा सकुशल अवतरण गरी सफल परीक्षण उडान सम्पन्न भएको निगमले जानकारी दिएको छ । यस परीक्षण उडान गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेज्को विशेष निर्देशन रहेको जानकारी पनि निगमले दिएको छ ।

उक्त परीक्षण उडानको प्रतिवेदन तयार भए पश्चात सुरक्षाका सम्पूर्ण सिफारिसहरु अवलम्बन गर्ने गरी निगमले नियमित उडान संचालनको तयारीको प्रक्रिया अघि बढाउने निगमको भनाई छ । सफल परीक्षण उडान सम्पन्न भएकोमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले व्यवस्थापनको तर्फबाट चालकदल तथा नेपाल नागरिक उड्डयन प्राधिकरण समेतका सम्पूर्ण प्राविधिक टोलीलाई धन्यवाद ज्ञापन गरेकाछन ।