neapl investment mega bank
  • गृहपृष्ठ
  • स्मार्ट च्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंकबिच सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंकबिच सम्झौता

Feb 9th, 2022

काठमाडौ, माघ २६
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र राष्ट्रियस्तरको “ख” वर्गको इजाजतपत्रप्राप्त कामना सेवा विकास बैंक लिमिटेडबिच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता भएको छ ।

सोमबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमकाबिच स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन । नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दे विद्युतीय कारोबारलाई बढावा दिने प्रमुख उद्देश्यकासाथ क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र विगत लामो समय देखि सर्वसाधारणलाई सबै प्रकारका बैंकिङ्ग सेवासुबिधा पु¥याउदै आएको मूलुकको बैकिङ्ग क्षेत्रको अग्रणी कामना सेवा बिकास बैकको यो सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

सम्झौतापश्चात स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवाविकास बैंक लिमिटेडबिच एससिटी युपिटी, डेबिट कार्ड, स्मार्ट क्यु आर, एससिठी एन पे जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ । बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । साथै, एससिटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटिएम, पिओएस, इ कर्मस जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुनेछ ।