काठमाडौ, माघ २६
इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर (आईपिओ) को खुल्ला भएको छ । आज बुधबारबाट पाँच करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको साधारण शेयरको बिक्री खुल्ला गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुुसार एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी पाँच लाख ५५ हजार छ सय कित्ता साधारण शेयर शेयरको बिक्री खुल्ला गरिएको हो ।
एनआईसी एशिया क्यापिटल लिमिटेड बिक्री प्रर्वन्धक रहेको कम्पनीको शेयर बिक्री कार्य छिटोमा यही फागुुन एक गते र ढिलोमा फागुन ११ गते बन्द हुने छ । बिक्री गरिने कुुल शेयर मध्येमा दुई प्रतिसत अर्थात ११ हजार एक सय १२ कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि छुट्याईएको छ भने पाँच प्रतिसत अर्थात २७ हजार सात सय ८० कित्ता शेयर सामुुहिक लगानी कोषको लागि छुट्याईएको छ । यसबाहेक बाँकी रहेको पाँच लाख १६ हजार सात सय आठ कित्ता शेयर भने सर्वसाधारणमा बिक्री गरिने छ ।
खरिदकर्ताहरुले न्युनतम १० देखि अधिकतम एक हजार कित्ता सम्मको शेयर खरिदको लागि आवेदन दिन सक्नेछन । अधिकृत पुंजी पाँच अर्ब तथा जारी पुंजी ५५ करोड ५६ लाख रुपैयाँ रहेको कम्पनीको साधारण शेयरको बिक्री पश्चात भने चुक्ता पुंजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्ने छ ।