काठमाडौ, माघ २५
मंगलबार थप एक हजार ९५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १२ हजार ६९२ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ६८ हजार ६११ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ६९२ जनाको परीक्षण भएको छ । हालसम्म ५२ लाख ९१ हजार ९५९ जनाको पीसीआर परीक्षण गरिएको छ।
थप ५१०३ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा ५१०३ जनाले कोरोना जितेका छन् ।
यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख २० हजार ५९२ पुगेको छ ।
थप ११ को मृत्यु
पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८३८ पुगेको छ।