काठमाडौ, माघ २५
ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउन ओमान जान लागेको नेपाली टोलीलाई बिदाई गरिएको हो ।
मंगलबार भर्चुअल माध्यमद्धारा आयोजित बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडीहरुलाई बिदाई गरेका हुन । कोरोना संक्रमण जोखिमकाकारण नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल माधयमद्धारा मंगलबार बिहान बिदाई कार्यक्रम आयोजना गरेको हो । विश्वकपमा छनोटका लागि हुने खेलका लागि नेपाली टोली मंगलबार राति ८ः३० बजे ओमान प्रस्थान गर्ने तालिका रहेको छ ।
ग्लोबल छनोटका लागि नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनीबिच खेल हुने भएको छ । फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुने छनौट खेल अन्तर्गत समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेकाछन् भने समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेकाछन् ।
छनोट अघि नेपालले ओमानमा चार देशीय टी–२० सिरिज खेल्ने तालिका समेत रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले जनकारी दिनुभयो । सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् ।
खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री अथकले विश्वकपका लागि ग्लोबल छनौट भएर आउन शुभकामना दिनुभयो । नेपाली क्रिकेट क्षेत्रले छोटो समयमै उल्लेख्य प्रगति गरेको भन्दै मन्त्री अथकले यस पटक विश्वकपका लागि नेपाली टोली छनौट हुनेमा आफु विश्वस्त रहेको बताए । नेपाली विरता सम्झिएर खेल्न समेत मन्त्री अथकले खेलाडीहरुलाई आग्रह गरेकाछन । राज्यले खेल पुर्वाधार निर्माणका लागि उल्लेख्य प्रयास गर्दै आएको तर्फ ईगित गर्दै मन्त्री अथकले केही ठुला पुर्वाधारहरु निर्माणधिन अवस्थामा रहेकाले आफ्नै कार्यकालमा त्यसलाई पुर्णता दिनेगरी निर्माण प्रक्रिया अगाडी बढाईएको बताए ।
क्यानका अध्यक्षचतुर बहादुर चन्दले बिगतमा देखिएका कमिकमजोरीलाई सच्याउँदै क्रिकेटको विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिए । साथै खेलाडीहरुलाई उच्च मनोवलकासाथ उत्कृष्ट खेल प्रदर्शनका लागि समेत शुभकामना दिए ।बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिवकोईराला लगाएतको उपस्थिती रहेको थियो ।