neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एसेन्सियोको गोलमा रियल म्याड्रिडको जित

एसेन्सियोको गोलमा रियल म्याड्रिडको जित

Feb 7th, 2022

आधारभूमि संवाददाता

काठमाडौ, माघ २४

स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले ग्रानाडालाई १–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा रियल म्याड्रिडलाई जित दिलाउन मार्को एसेन्सियोले विजयि गोल गरे।एसेन्सियोले खेलको ७४ औं मिनेटमा गोल गरेका हुन्।

जितसँगै रियल म्याड्रिडले २३ खेलबाट ५३ अंक जोडेको छ र शीर्ष स्थानमा छ अंकको अग्रता बनाएको छ ।पराजित ग्रानाडाको २३ खेलबाट २४ अंक छ र १६ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi