neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

एट्लेटिकोमाथि बार्सिलोनाको सहज जित

Feb 7th, 2022

आधारभूमि संवाददाता

काठमाडौ, २४ माघ
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ४–२ गोलले पराजित गरेको हो ।

क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन जोर्डी अल्बा,गाभी,रोनाल्ड अराउजो र ड्यानी अल्वेसले एक-एक गोल गरे।एट्लेटिकोका यानिक क्यारास्को र लुइस सुआरेजले एक-एक गोल गरे।

खेलमा पहिलो अग्रता एट्लेटिकोले लिएको थियो । खेलको आठौं मिनेटमा यानिक क्यारास्कोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, खेलको १० औं मिनेटमा बार्सिलोनाका जोर्डी अल्बाले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।

खेलको २१ औं मिनेटमा बार्सिलोनाका गाभीले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

खेलको ४३ औं मिनेटमा रोनाल्ड अराउजोले गोल गर्दै खेल टोलीलाई ३-१ ले अघि बढाए ।

खेलको ४९ औं मिनेटमा ड्यानी अल्वेसले गोल गर्दै खेल टोलीलाई ४-१ ले अघि बढाए ।

खेलको ५८ औं मिनेटमा एट्लेटिको मड्रिडका लुइस सुआरेजले गोल गर्दै ४-२ को स्थितिमा ल्याए।

खेलको ६९ औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।बार्सिलोनाका ड्यानी अल्वेसले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

जितसँगै बार्सिलोनाले २२ खेलबाट ३८ अंक जोडेको छ र तालिकाको चौथो स्थानमा छ। पराजित एट्लेटिको मड्रिडको २२ खेलबाट ३६ अंक छ र पाँचौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi