neapl investment mega bank
  • गृहपृष्ठ
  • सिटिजन्स बैंकद्वारा ग्राहकहरुको सहजताका लागि सिटिजन सर्पोट सेन्टर सेवा सुरु

सिटिजन्स बैंकद्वारा ग्राहकहरुको सहजताका लागि सिटिजन सर्पोट सेन्टर सेवा सुरु

Feb 6th, 2022

काठमाडौ, माघ २३
सिटिजन्स बैंकले डिजिटल बैंकिङ्गको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दे आफ्नै नयाँ सिटिजन सर्पोट सेन्टर (कल सेन्टर) सुरु गरेको छ । बैकका अनुसार यही माघ २३ गतेबाट उक्त सेवा सञ्चालनमा ल्याईएको हो ।

अब यस बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवाप्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन गर्न सक्नेछन । ग्राहकहरूले ०१५९७००६८ नम्बरमा फोन गरी कल सेन्टरको सुबिधा प्राप्त गर्न सक्नेछन । कल सेन्टरको प्रयोगले ग्राहकहरुलाई सहज ढंगले बैंकिङ्ख सेवा र सूचना प्राप्त गर्न सहयोग पुग्ने छ । हालका लागि यो सेवा आठ घण्टाको लागि आरम्भ गरिएको छ । क्रमशस् सेवाको समयावधि पनि थप्दै लगिने योजना रहेको छ । देशभरी रहेका १३ लाखभन्दा बढी ग्राहकहरुलाई यो सेवाको आरम्भ भएसगै बैकसंग थप नजिक हुन सहज हुने विश्वास बैंकले लिएको छ ।


सिटिजन्स बैंकले नगदरहित बंैकिङ, व्यत्तिको उपस्थित बिनाको बैकिङ, प्रणालिको स्व संचालनतर्फ अफूलाई अग्रगामी बनाउदै लगेको कुरा सो कार्यक्रममा उपस्थित बैंकका व्यवस्थापकहरुलाई प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेलले बताए । अबको बंैकिङ्ग गा्रहकहरुलाई सरल , सुलभ, सुरक्षित, सहज बनाउदै प्रविधिको अत्याधिक प्रयोग गर्ने गरी काम अघि बढाउन उपस्थित व्यवस्थापकहरुलाई पोखरेलले अनुरोध गरेकाछन ।

बैंकले डिजिटल बंैकिङ्गमा अत्याधिक प्रयोग बढाउदै लगेको छ । प्रविधिमैत्री र नयाँ पुस्त बंैकिङ्गमा सिटिजन्सले आगामिदिनमा अत्याधिक प्राथमिकतामा राखि संचालन लागत घटाउन र ग्राहक मैत्री सहजता दिने विश्वास पनि पोखरेलले व्यक्त गरेकाछन । साथै उनले बैंकले आगामी दुई बर्ष भित्रको डिजिटल बैकिङ्ग सम्बन्धी मार्गचित्र समेत बनाएर अघि बढेको जानकारी दिएकाछन ।

बैकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ । यसलाई मूर्तरुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदनदिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।