काठमाडौ, माघ २३
नेपाल इन्भेष्टमेन्ट बैंकले एनआईबिएल गञ्जव ६ मुद्धती खाता सञ्चालनमा ल्याएको छ । बैकले आफ्नो स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा “एनआईबिएल गज्जब ६ मुद्दती खाता” सञ्चालनमा ल्याएको हो । भविष्यमा आफ्ना ग्राहकवर्गहरुलाई आइपर्ने आर्थिक व्ययभार, औषधोेपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगी सिद्ध हुनेमा बैंक विश्वस्त रहेको छ ।
बैंकका अनुसार यो निक्षेपको रकम २० बर्षमा छ गुणा हुने छ भने यो मुद्दती खाता जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्नेछन । बैकका अनुसार यो मुद्धती खाता न्युनतम १० हजार रुपैयाँमा खोल्न सकिने छ । यो खातामा निशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने तथा सावाँ तथा पाकेको ब्याजको ९० प्रतिसतसम्म कर्जा प्राप्त गर्न सकिने बैकले जानकारी दिएको छ ।
बैकले सातै प्रदेशमा छरिएका ८८ शाखाहरु, ३१ विस्तारित काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५, २०७८, युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।