neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

लाइपजिगमाथि बायर्नको जित

Feb 6th, 2022

आधारभूमि संवाददाता

काठमाडौ, माघ २३
जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले जित निकालेको छ ।घरेलु मैदानमा शनिबार राति भएको खेलमा बायर्न म्युनिखले आरबी लाइपजिगलाई ३-२ गोलले पराजित गरेको हो ।

बायर्नलाई जित दिलाउन थोमस मुलर र रोबर्ट लेवान्डोस्कीले एक-एक गोल गरे ।बायर्नले एक गोल आत्मघाती उपहार पाएको हो ।लाइपजिगका एन्ड्रे सिल्भा र क्रिस्टोफर एनकुन्कुले एक- एक गोल गरे ।

खेलको १२ औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए।

खेलको ४५ औं मिनेटमा लाइपजिगका एन्ड्रे सिल्भाले गोल गर्दै खेल बराबरीमा फर्काए।

खेलको ४४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए ।

तर,खेलको ५३ औं मिनेटमा लाइपजिगका क्रिस्टोफर एनकुन्कुले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए।

खेलको ५३ औं मिनेटमा लाइपजिगका जोस्को ग्वार्डियोलले आत्मघाती गोल गरे पछि बायर्न ३-२ ले अघि बढाए ।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र बायर्नले जित निकालेको हो ।

जितसँगै बायर्नले २१ खेलबाट ५२ अंक जोडेको छ र शीर्ष स्थानमा नौ अंकको अग्रता बनाएको छ ।पराजित लाइपजिगको २१ खेलबाट ३१ अंक छ र सातौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi