neapl investment mega bank
  • गृहपृष्ठ
  • बजाजले खोल्यो टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर

बजाजले खोल्यो टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर

Feb 5th, 2022

काठमाडौ, माघ २२
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तर गत बिगत १५ बर्ष देखि निरन्तर सेवा दिदै आएको ब्रदर अटो प्रा लि ले सम्पूर्ण सुविधा सम्पन्न नयाँ आउटलेट सेल तथा सर्भिसिङ सेन्टर टोखा र ग्रीनल्याण्डमा नयाँ भाटभटेनी सगै बजाज मोटरसाइकल शोरुम तथा सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

नेपालमा सबभैन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्रान्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले टोखा र ग्रीनल्याण्डमा आउट लेट संचालनमा ल्याएको हो । यहाँ मोटरसाइकल सर्भिसिङमा १५ बर्ष देखि राम्रो अनुभव भएका दक्ष प्राविधिकहरूबाट सर्भिसिङ गराइने ब्रदर अटो टोखाका सन्चालक दिलिप आचार्यले जानकारी दिएकाछन । यस सर्भिसिङ सेन्टरमा जम्मा ६० मिनेटमा सर्भिसिङको काम सकिने सर्भिस मेनेजर सुमन श्रेष्ठले दाबी गरे । एक दिनमा २० ओटाभन्दा बढी बाइकहरू सर्भिसिङ गर्न सक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकहरूको सुविधाको लागि प्रतीक्षालय पनि सुविधा छ ।

नयाँआउट लेट सर्भिसिङ सेन्टरले ग्राहकहरूलाई बाइक खरिद स्पेयर्स पार्टस तथा एक्ससरिजका लागि समेत सहज बनाउने कम्पनीले बताएको छ । टोखा मोटरसाइकल सर्भिस सेन्टर उद्घाटन गर्दे ब्रर्दस अटोका संचालक बिनोद चौलागार्ईले भने, टोखा आउट लेट मा ग्राहकहरूलाई निरन्तर वृद्धि साथै उहाँहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । यो नयाँ सर्भिस सेन्टरसँगै यसले ग्राहकहरूलाई सहज बनाउनेमा हामी सकारात्मक छौं ।