neapl investment mega bank

थप एक हजार ७१४ जनामा कोरोना सङ्क्रमण

Feb 5th, 2022

काठमाडौ, माघ २२

शनिबार थप एक हजार ७१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा आठ हजार ८१३ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ६५ हजार २२२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट आठ हजार ८१३ जनाको परीक्षण भएको छ । हालसम्म ५२ लाख ६९ हजार ५५ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ४ हजार ७७१ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ७७१ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ६३९ पुगेको छ ।

थप नौ को मृत्यु

पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८०३ पुगेको छ।