काठमाडौ, माघ २१
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको माघ २१ गते अर्थात आज शुव्रmबारबाट शेयर बिक्री कार्य खुल्ला भएको छ । संस्थाले पाँच करोड २२ लाख रुपैैयाँ बराबरको पाँच लाख २२ हजार कित्ता साधारण शेयरको बिक्री खुल्ला गरेको हो ।
बिक्री प्र्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आजबाट बिक्री खुल्ला भएको कुुल साधारण सेयरमध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात् आठ हजार कित्ता सेयर संस्थामा कार्यरत कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् २६ हजार एक सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि र बाँकी रहेको चार लाख ८७ हजार नौ सय कित्ता सेयर सर्वसाधारणको लागि छुट्याएको छ ।
खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम पाँच हजार दुई सय २० कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी २५ करोड, जारी पुँजी १६ करोड रुपैयाँ रहेको संस्थाको साधारण सेयरको बिक्रीपश्चात् भने संस्थाको चुक्ता पुँजी १६ करोड रुपैयाँ नै पुग्नेछ । सेयर बिक्री कार्य छिटोमा यही माघ २५ गते र ढिलोमा फागुन छ गते बन्द हुने संस्थाले जनाएको छ ।