neapl investment mega bank
  • गृहपृष्ठ
  • नेप्सेको प्रमुख कार्यकारीमा कार्की नियुक्त

नेप्सेको प्रमुख कार्यकारीमा कार्की नियुक्त

Feb 4th, 2022

काठमाडौ, माघ २१
सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको पदमा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ । मन्त्रीपरिषदको यही माघ १७ गते बसेको बैठकले पाल्पा रिब्दिकोट गाउँपालिका ७ का कार्कीलाई आगामी चार बर्षको लागि नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

प्रमुख कार्यकारी छनौटको लागि अर्थमन्त्रालये गठन गरेका समितीले कार्की सहित रमेश भण्डारी र केशव श्रेष्ठ सहितका तीन जनाको नाम छनौट गरी मन्त्रीपरिषदमा पठाएको थियो । त्यसमध्ये पनि कार्कीलाई उत्कृष्ट ठहर गर्दे आगामी चार बर्षको लागि नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत नियुक्तीका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा छनौट सिफारिस समिति गठन गरेको थियो । समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्व अध्यक्ष जीवनाथ धिताल रहेका थिए ।