neapl investment mega bank
  • गृहपृष्ठ
  • थप तीन हजार १७५ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप तीन हजार १७५ जनामा कोरोना सङ्क्रमण पुष्टि

Feb 3rd, 2022

काठमाडौ, माघ २०

बिहीबार थप तीन हजार १७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १२ हजार ६०५ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ६२ हजार ५१७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ६०५ जनाको परीक्षण भएको छ । हालसम्म ५२ लाख ५७ हजार १७४ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ८ हजार ७२३ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ७२३ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या आठ लाख ८७ हजार ४४३ पुगेको छ ।

थप १४ को मृत्यु

पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७७८ पुगेको छ।