काठमाडौ, माघ २०
नेपाल राष्ट्र बैंकले बैकहरुसंग कारोवारको बिवरण माग गरेको छ । राष्ट्र बैकको बैंक सुपरीवेक्षण विभागले सबै बाँणिज्य बैंकहरुलाई पत्राचार गर्दे सात लाख रुपैयाँ भन्दा बढी रकमको कारोवार बिवरण बिभागमा पठाउन लिखितरुपमा निर्देशन राष्ट्र बैकले जानकारी दिएको छ ।
विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाइले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको निवारणको बारेमा स्थलगत निरीक्षण गर्ने गरेको र सोही प्रयोजनको लागि बिवरण माग गरेको हो ।