neapl investment mega bank
  • गृहपृष्ठ
  • मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई होटेल ड्यानडलियनमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई होटेल ड्यानडलियनमा विशेष छुट

Feb 3rd, 2022

काठमाडौ, माघ २०
मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन विभिन्न व्यवसायिक संस्थाहरुसँग सम्झौता गर्दे आएको छ । सोही व्रmममा बैंकले पोखरामा रहेको होटेल ड्र्यानडलियनसँग व्यवसायिक सम्झौतामा हस्ताक्षर गरेको हो ।
सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले होटेल ड्र्यानडलियनका सेवाहरु जस्तै बसाँई, बेड र ब्रेक फास्ट, रेस्टुरेन्ट जस्ता सेवा सुविधाहरुमा १० प्रतिसतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्डप्रयोग गरी नेपालभरी रहेको भिसा नेटर्वकमा आवद्ध अन्यजुनसुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिकरुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।