neapl investment mega bank

म्यानपावर कम्पनीलाई वर्गीकरण गरिने

Feb 3rd, 2022

काठमाडौ, माघ २०
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने तयारी गरेको छ । मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सुचक तथा कार्यबिधि तयार गर्न सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा मेनपावर कम्पनीका प्रतिनिधि सदस्य छन् । कार्यदलले म्यानपावर कम्पनीलाई विभिन्न समुहमा वर्गिकरण गर्न मापदण्ड तथा सुचकहरु तयार गर्नेछ ।

वर्गिकरण गर्दा वैदेशिक रोजगारमा संलग्न इजाजतपत्र वाला संस्था म्यानपावर कम्पनी कुन राम्रो र कुन नराम्रो भनेर छुट्याउन सजिलो हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताए । बैदेशिक रोजगारलाई ब्यवस्थित र मर्यादित बनाउँदै ठोस सुधारका लागि वर्गिकरण गर्न लागिएको मन्त्री श्रेष्ठले बताउनुभयो । नेपालमा अहिले करिव आठ सय ६० वटा म्यानपावर कम्पनी छन ।