काठमाडौ, माघ २०
महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले काठमाण्डौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ वटा मोटरसाईकल सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा सुर्खेत विरेन्द्रनगर घर भई चावहिल बस्ने वर्ष २३ को सौरभ महतरार सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका बस्ने वर्ष १८ को समिर तामाङ् रहेका छन । ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको तामाङ्गको साथबाट बास्तबिक नम्बर परिबर्तन गरि बा प्र ०२,०२५ प १३१८ नम्वर हालेको अबस्थामा कालो रातो रंङको २२० सी।सी।को पल्सर मोटरसाईकल समेत बरामदगरेको जानकारी दिएकाछन ।
अनुसन्धान पश्चात बास्तबिक नम्बर बा प्र ०२,०२९ प ५२०९ भएको उक्त मोटरसाईकल यहि पौष १४ गते भक्तपुर निलबाराहीबाट हराएको खुलेपछि मोटरसाईकल धनी भक्तपुर बस्ने रामचन्द्र नेपाललाई सम्पर्क गरेको उनले बताए । तामाङ्गलाई थप अनुसन्धान एव कारबाहीको लागि महानगरीय प्रहरी बृत्त ठिमी पठाइएको महाशाखाले जनाएको छ । त्यसैगरि ललितपुरको सानेपाबाट बा ९८ प ७९६१ नम्वरको कालो सेतोरंङको २०० सी.सी.को डुक मोटरसाईकल सहित सुर्खेतका महतरालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । महतराले उक्त मोटरसईकलको बास्तबिक नम्बर प्लेट भने परिबर्तन गरेका थिए । तार्केश्वरका प्रज्वल बोगटीको बास्तबिक नम्बर बा ९९ प ४८८२ भएको उक्त मोटरसाईकल काठमाण्डौं स्थित भृकुटीमण्डपबाट हराएको भनि ट्राफिक प्रहरी महाशाखामा हुलिया निवेदन दिएका थिए ।
मोटरसाईकल सहित पक्राउ परेका महतरालाई चोरी मुद्दा अनुसन्धान एव कारबाहिका लागि महानगरीय प्रहरी बृत्त सिंहदरबार पठाइएको महाशाखाले जनाएको छ ।