काठमाडौ, माघ २०
लक्ष्मी बैंकले आउँदो २० औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सिहरुका लागि क्राउड सोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ । सो प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको ब्राण्ड फिल्म निर्माण गर्नका लागि २० लाखको कन्ट्र्राक्ट हात पार्नेछन । यो प्रतियोगिता लक्ष्मी बैंकको ५ मुल मान्यताहरुमा आधारित रहेको छ । रिलेसनसिप, एक्प्लोर्स, टिमवर्क, रेस्पोसिबल र प्रोग्रेसिभ जसको आधारमा बैंकले २० वर्षको गरिमामय यात्रा तय गर्न सफल भएको छ ।
सबै प्रतियोगी इन्ट्रीहरूलाई एक्स्पर्ट प्यानलद्वारा प्राविधिक र रचनात्मक दुवै पक्षहरूलाई मध्यनजर गर्दै जज गरिने बैकले जानकारी दिएको छ । प्रतियोगिता लक्ष्मी बैंकको व्रmाउडसोर्सिङमा आधारित तेस्रो प्रतियोगिता हो । यस अघि बैंकले यस्तै अभियानहरुद्वारा ग्राहकहरुलाई आफ्ना रचनात्मक प्रतिभालाई कृयाशील बनाई बैंकको विविध अभियानहरुमा संलग्न हुने अवसर प्रदान गर्दै आइरहेको छ ।