neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाली फुटबल टिमको प्रदर्शनबाट मन्त्री अथक उत्साहित

नेपाली फुटबल टिमको प्रदर्शनबाट मन्त्री अथक उत्साहित

Feb 2nd, 2022

काठमाडौ, माघ १९
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई बधाई दिएकाछन । अफ्रिकी देश मौरिसससँगको मैत्रिपूर्ण खेलमा जित हासिल गरेको नेपाली टिमलाई मन्त्री अथकले बधाई दिएका हुन ।

दशरथ रंगशालामा मंगलबार बेलुका भएको दोस्रो मैत्रिपूर्ण खेलमा नेपालले मौरिससलाई १–० गोलले पराजित गरेको थियो । यसअघि गत शनिबार भएको पहिलो खेलमा समेत नेपाल बिजयी भएको थियो । अफ्रिकन देशसँग पहिलो पटक भएका दुबै मैत्रिपूर्ण खेल हेर्न मन्त्री अथक स्वयं रंगशालामा उपस्थित भएका थिए । रंगशालामा उपस्थित भई प्रत्यक्ष खेल हेरेका मन्त्री अथकले नेपाली खेलाडीहरुको खेलबाट आफु प्रभावित भएको प्रतिक्रिया दिएकाछन ।

प्रतियोगिता समयभरी निकै उत्साहित देखिएका मन्त्री अथकले नेपाली खेलाडीहरुले स्तरीय खेल प्रदर्शन गरेको भन्दै खुसी समेत ब्यक्त गरेकाछन । मन्त्री अथकले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको समेत प्रशंसा गरेकाछन । साथै पहिलो पटक मैत्रिपूर्ण खेलका लागि नेपाल आएको मौरिससको टिमलाई मन्त्री अथकले धन्यवाद दिएकाछन ।