neapl investment mega bank
  • गृहपृष्ठ
  • श्रममन्त्रीको तलब भत्ता रकम पुर्कोट कालिका क्याम्पसलाई

श्रममन्त्रीको तलब भत्ता रकम पुर्कोट कालिका क्याम्पसलाई

Feb 2nd, 2022

काठमाडौ, माघ १९
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलबभत्ता बापतको रकम तनहुँको भानु ९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई सहयोगस्वरुप प्रदान गरेकाछन । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै तलबभत्ता बापतको रकम विभिन्न संघसंस्थालाई सहयोग गर्दे आएका मन्त्री श्रेष्ठले पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई आफ्नो तलबभत्ता बापतको ५० हजार रुपैयाँ प्रदान गरेका हुुन ।

उक्त रकम नेकपा (एकीकृत समाजवादी) का स्थानीय कार्यकर्तामार्फत क्याम्पस संचालक समितिका अध्यक्ष दुर्गाबहादर राउतलाई हस्तान्तरण गरिएको हो । मन्त्री श्रेष्ठले गृह जिल्लाका शैक्षिक संस्था, स्थानीय युवा क्लव, आमा समुह लगायत सामाजिक संस्थाहरुलाई तलबभत्ता बापतको रकम सहयोग गर्दे आएकाछन । उनले चुनावमा उम्मेदवार हुँदा नै तलब भत्ता नलिने घोषणा गरेका थिए ।