आधारभूमि संवाददाता
काठमाडौं, माघ १९
आज सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ९१ हजार ९०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ३०० ले बढेर ९२ हजार २०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ३०० ले बढेर ९१ हजार ७०० मा कारोवार भएको छ । यस अघि मंगलबार तेजावी सुन रु ९१ हजार ४०० मा कारोवार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ ।यस अघि मंगलबार चाँदी रु एक हजार २४० मा कारोवार भएको थियो ।