neapl investment mega bank

मार्टिनेजको गोलमा अर्जेन्टिनाको जित

Feb 2nd, 2022

आधारभूमि संवाददाता

काठमाडौ, माघ १९

फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिका छनोटमा अर्जेन्टिनाले जित निकालेको छ ।

बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई १–० गोलले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन लाउटारो मार्टिनेजले विजयि गोल गरे।मार्टिनेजले खेलको २९ औं मिनेटमा गोल गरेका हुन्।

जितसँगै अर्जेन्टिनाले १५ खेलबाट ३५ अंक जोडेको छ र दोस्रो स्थानमा छ ।पराजित कोलम्बियाको १६ खेलबाट १७ अंक छ र सातौं स्थानमा छ ।